काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८६ पैसा कायम रहेको छ । शुक्रबार डलर अधिकतम १ सय ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९६ र बिक्री दर १ सय ६८ रुपैयाँ ७३ पैसा रहेको छ।
