काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । शुक्रबार अदालतले न्यायाधीश डण्डपाणि शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
शर्मालाई बिहीबार सीआइबीले आईएस्सीको नक्कली प्रमाणपत्र बनाएर पेश गरेको अभियोगमा गोल्फुटारबाट पक्राउ गरेको थियो । सो प्रकरणमा पक्राउ परेका अन्य पाँच जना चिकित्सकलाई भने ५ दिनको समय दिइएको छ।