काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन् । रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका थिए । पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् ।