काठमाडौं । सुर्ती, गुट्खा लगायत सुर्तिजन्य पदार्थहरु प्लास्टिकमा प्याकिङ गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले शुक्रबार सूचना जारी गर्दै विभागले उत्पादक कम्पनीलाई यो नियमबारे सचेत गराएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटले आगामी बैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला स्वीट सुपारीहरु प्लाष्टिकमा प्याकिङ गर्न वा प्लाष्टिकमा प्याकिङ गरिएका वस्तुको आयात गर्न निषेध गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नेगरी तयारी थाल्न विभागले आग्रह गरेको हो ।