काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले ४ संस्थापक शेयरधाीको नाममा रहेको कुल ७ लाख ५१ हजार ६ सय ८० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।
बैंकले संस्थापक मंडला इभ्नेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २ सय ८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४ सय ९२ कित्ता, बाल कृष्ण श्रेष्ठको ५ लाख २६ हजार २ सय २५ कित्ता र राजन कृष्ण श्रेष्ठको २३ हजार ६ सय ७७ कित्ता सेयर बिक्रीमा राखेको हो ।



