images
images

अनामनगरको भद्रकुमारी घले सेवा सदनमा चल्यो काठमाडौं महानगरको डोजर


  • 251
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    अनामनगरको भद्रकुमारी घले सेवा सदनमा चल्यो काठमाडौं  महानगरको डोजर

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ ।

    महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिए। 

    वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो । खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।


    images
    images

    Logo