images
images

एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएइलाई हरायो


  • 263
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएइलाई हरायो
     
    एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।
     
    श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउदँै पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । 
     
    त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४/२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे । 
     
    बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । 
     
    त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ । 
     
    नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 
     


    images
    images

    Logo