काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा युएईविरुद्ध नोपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। बलिङमा पहिलो पटक ६ विकेट लिएर किर्तिमान बनाएका भुर्तेलले ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। युएईले दिएको १ सय ५८ रनको चुनौती पछ्याइरहेको नेपालले शुरूदेखिनै आक्रामक खेल खेलेको थियो ।
श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएइ ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएईका लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए।
नेपालका कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट लिए । ब्याटिङमा राम्रो खेल्दै आएका भुर्तेलले आज बलिङतर्फ पनि आफुलाइ अब्बल साबित गरेका हुन ।