भक्तपुर । केदारनाथको शिर डोलेश्वरमा पछिल्ला तीन महिना यता भारतीय भक्तजनको संख्यामा उल्लेख्य बृद्धि भएको छ । डोलेश्वर बिकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, पशुपति नाथको दर्शनका लागि आउने भारतीय भक्तजनको दोस्रो गन्तव्य डोलेश्वर हुन थालेको छ ।
अध्यक्ष बस्नेतका अनुसार सो अवधिमा यहाँ आउने भारतीय भक्तजनको संख्या दोब्बरले बढेको छ । गत जेठ ३ गतेदेखी ९ गतेसम्म पर्साको बिरगंजमा आयोजना गरिएको शिव महापुराण कथा वाचनमा डोलेश्वर महादेवको प्रवचन धार्मिक टेलिभिजन च्यानल आस्था टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरे पछि दैनिक रुपमा डोलेश्वर आउने भारतीय भक्तजनको शंख्या उल्लेख्य रूपमा बढिरहेको डोलेश्वर बिकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।
बस्नेतका अनुसार यसअघि मन्दिरको दैनिक आम्दानी ३०÷ ३५ हजार रूपैयाँ हुने गरेकोमा पछिल्लो समय भारतीय भक्तजनको संख्यामा बढोतरी भएसंगै दैनिक आम्दानी दोब्बर बढेर ७०÷७५ हजार पुगेको छ । यतिसम्मकी एकैदिनमा १३ वटा गाडी लिएर भारतीय भक्तजन आएको अध्यक्ष बस्नेतले बताए ।



