images
images

वैदेशिक लगानी प्रतिवद्धता ३८ अर्ब ४० करोड


  • 320
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    वैदेशिक लगानी प्रतिवद्धता  ३८ अर्ब ४० करोड

    काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गरिएको छ । उद्योग विभागका अनुसार ३२७ वटा उद्योगमा उक्त रकम प्रतिवद्धता आएको हो ।  

    सुरुदेखि हालसम्म भने ४ खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गरिएको छ । गएको असारमा मात्र ५४ परियोजनाका लागि ३ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता गरिएको थियो ।

    गत वर्ष ७४ परियोजनाका लागि साझा सदस्यता सम्झौता र ६४ परियोजनाका लागि प्रविधि हस्तान्तरण सम्झौता भएको छ । त्यसका लागि १६ अर्ब २४ करोड ९३ लाख रुपैयाँ सम्झौता भएको विभागले जनाएको छ ।

    गत एक वर्षको वैदेशिक लगानी प्रतिबद्धताले १७ हजार १२ जनाले रोजगारी सिर्जना हुने बताइएको छ । हालसम्म गरिएको वैदेशिक लगानी प्रतिबद्धताले ३ लाख ९ हजार १ सय ३२ जनाले रोजगारी प्राप्त गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

    अघिल्लो आर्थिक वर्ष २०७८/७९मा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांश बापत गएको देखिएको छ। त्यस्तै रोयल्टीमार्फत भने ४ अर्ब ६४ करोड रुपैयाँ गएको देखिएको हो। गत आर्थिक वर्षभरिमा १८ अर्ब ३० करोड रुपैयाँ स्वीकृत गरेको हो। 

     


    images
    images

    Logo