काठमाडौं । सुनको भाउ रेकर्डस्तर नजिक पुगेको छ । साउन ३ गते बुधबार सुन प्रतितोला तोलामा ६ सय रुपैयाँले बढेर जेठ १९ यताकै उच्च कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कायम भएको छ ।