images
images

संस्थापकले किनेनन् प्राइम बैंकको संस्थापक शेयर, अब सर्वसाधारणलाई, कति पर्छ मूल्य ?


  • 280
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    संस्थापकले किनेनन् प्राइम बैंकको संस्थापक शेयर, अब सर्वसाधारणलाई, कति पर्छ मूल्य ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक समुहमा रहेको कुल १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।उक्त शेयरको मूल्य न्युनतम १ सय २० रुपैयाँ तोकिएको छ । उक्त शेयरमा आवेदन दिँदा न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने समेत बैंकले जनाएको छ । 

    इच्छुक नागरिकले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई साउन १७ गते भित्र बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

     


    images
    images

    Logo