images
images

सम्पत्ति शुद्धीकरणको नकारात्मक सूचीमा पर्नबाट जोगियो नेपाल


  • 519
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    सम्पत्ति शुद्धीकरणको नकारात्मक सूचीमा पर्नबाट जोगियो नेपाल

    काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची (‘ग्रे लिष्ट) मा पर्नबाट जोगिएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) अन्तर्गतको एसिया प्यासिफिक ग्रुप (एपीजी) को क्यानडामा भएको २३ औ वार्षिक बैठकले सो निर्णय गरेको हो । 

    वैठकले सन् २०२४ को अक्टुबरसम्म तोकिएका सबै प्रावधान कार्यान्वयन गर्ने शर्तमा नेपाललाई ग्रे लिष्टमा नराखेको हो । तर यो अवधिमा नेपालले एफएटिएफले भनेका सबै नियमहरु भने पूरा गर्नुपर्नेछ ।

    नेपाललाई  नकारात्मक सूचीमा पर्नबाट जोगाउन एपीजीको बैठकमा भाग लिनका लागि  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा गएका थिए ।

    सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रभावकारिता सम्बन्धमा १३ वर्षपछि नेपालको पारस्परिक मूल्यांकन भएको हो । २०१९ मै हुनुपर्ने नेपालको पारस्परिक मूल्यांकन कोभिड– १९ लगायत कारण चार वर्ष पछि सरेको हो । यसअघि सन् २०१० मा नेपालको मूल्यांकन भएको थियो । 

     


    images
    images

    Logo