images
images

‘आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’


  • 272
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    ‘आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    काठमाडौं । विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

    तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा आर्थिक वर्षको सुरुआती चरणमा चुप लागेर बस्ने तर अन्तिममा जुर्मुराएर खर्च गर्दा गुणस्तरीय काम नभएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिइएको हो । 

    कार्यक्रममा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले १० करोडको आयोजनामा विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माण गर्न नै रु पाँच करोड छुट्याउने गरेको उदाहरण पनि भेटिएको उल्लेख गर्नुहुँदै यस्तो प्रवृत्तिमा सुधार गरिनुपर्ने आवश्यकता औँल्याए । 

    पहुँचवाला सांसद भएका क्षेत्रमा धेरै बजेट दिइने तर अन्य सांसदका क्षेत्रमा बजेट नै नदिने गरिएकाले यसमा पनि सुधार गर्न उनले माग गरे । विकास निर्माणका काम अघि बढाउन सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण हुने सांसद चौधरीको भनाइ थियो ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंलगायतले गत आवमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेटबाट ६६ प्रतिशतमात्र खर्च भएको जानकारी गराएका थिए।


    images
    images

    Logo