काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्यघटेको छ ।
मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४७ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय ७२ रुपैयाँ २१ पैसा रहेको छ।