images
images

दैनिक दुई हजार सात सयलाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल


  • 386
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    दैनिक दुई हजार सात सयलाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब दुई हजार सात सय बिरामीले सेवा लिँदै आएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए । 

    उनका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई थप व्यवस्थित गर्न सकियोस् भनी धेरै भीडभाड हुने नाक, कान, घाँटी, बाथरोग, हाडजोर्नी उपचारसँग सम्बन्धित विभागमा टोकन प्रणाली लागू गरिएको छ । 

    त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधाका ३६ वटा विभागमा करिब दुई हजार दुई सय जनशक्ति कार्यरत रहेको जानकारी दिँदै उनले त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका विपी कोइराला आँखा उपचार केन्द्र र मनमोहन कार्डियो भास्कुलर ट्रास्प्लान्ट सेन्टर भने अलग्गै रहेको स्पष्ट गरे । 

    कार्यकारी निर्देशक काफ्लेका अनुसार स्थापनाकालमा तीन सय एक शैय्या रहेको अस्पतालमा अहिले आठ सय एक शैय्या रहेको जानकारी दिँदै प्राडा काफ्लेले छोटो समयका लागि थप दुई सय शैय्यासमेत गरी एकैपटक एक हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको छ । त्रिवि शिक्षण अस्पतालका बिरामी खचाखच हुने गरेकाले अधिक चाप परेको समयमा अस्पतालमा वैकल्पिक व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाउने गरेको उनले जानकारी दिए ।    

    कार्यकारी निर्देशक काफ्लेले अस्पतालमा करिब दुई सय फ्याकल्टी डक्टर र नौ सय नर्सिङ स्टाफसहित अन्य आवश्यकीय जनशक्ति विभिन्न सिफ्टमा खटिएर अहोरात्र सेवा प्रदान गरिहेको जानकारी दिए । उनले सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरी आमजनतालाई विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने एकमात्र लक्ष्य रहेको अस्पताललाई समाजका सबै क्षेत्रबाट साथ, सहयोग आवश्यक रहेको बताएकाले बाँकी जनशक्तिका सेवासुविधा भने अस्पताल आफैँले व्यवस्था गर्नुपर्नेसमेत उनले जानकारी दिए । 


    images
    images

    Logo