काठमाडौं । ऋणपत्र निष्काशनका लागि नेपाल एसबिआई बैंकले नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले असार २७ गते बोर्डको अनुमति पाएको हो ।
कम्पनीले ९ प्रतिशत ब्याजदरमा १० वर्ष समयअवधिका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।
उक्त ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले एनएमबि ऋयापिटललाई नियुक्त गरेको छ ।