images
images

‘बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठक फलदायी भयो’


  • 292
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    ‘बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठक फलदायी भयो’

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठक फलदायी भएको बताएका छन् । भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सहितका देशहरुको साझा संगठन बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठक सकिएपछि सोबारे बताएका हुन् । 

    सोमबार एक दिनको बैठकमा सहभागी हुन मन्त्री साउद आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए। 

    परराष्ट्रमन्त्री साउदले बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको बैठक निकै फलादायी भएको बताएका छन् । उक्त बैठकमा उर्जा, ग्रिड जडान, जलवायु परिवर्तन जस्ता बिषयमा छलफल भएको मन्त्री साउदले जनाएका छन् । 

    ‘बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले बिमस्टेक सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौं,’ मन्त्री साउदले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘हाम्रा छलफलका विषयहरुमा ऊर्जा, ग्रिड जडान, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि थिए।’

    बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो ।


    images
    images

    Logo