काठमाडौं । सार्वजनिक यातायातको भाडादर घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो ।
आइतबार रातिदेखि लागूहुने गरि डिजेल र पेट्रोलको मुल्य घटेसँगै यातायात विभागले ब्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको छ । जसअनुसार यात्रृबहाक सवारी साधनमा २.१३ प्रतिशत, मालबहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।
आइतबार नेपाल आयल निगमले डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार विभागले मूल्य समायोजन गरेको हो ।
अब कहाँ पुग्न कति लाग्छ ?