काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधको कारण आइतबारको प्रतिनिधिसभा वैठक स्थगित भएको छ । संसदमा प्रस्तुत भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने प्रकृयामाथि असहमति जनाउँदै रास्वपाले रोष्टम घेर्न गएपछि सभामुख देवराज घिमिरेले वैठक स्थगित गरेका हुन् ।
यसअघि उक्त विधेयक प्रस्तुत गरियोस् भन्ने प्रस्ताव उपर विरोधको सूचना अस्वीकृत भएसँगै सभामूख घिमिरेले प्रस्ताव पेश गर्न अनुमति प्राप्त भएको घोषणा गरेका थिए । तर उक्त प्रकृयामा रास्वपाले असहमति जनाएको हो । कानुन मन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गरिसकेपछि रास्वपाले सो प्रकृयाको विरोध गरेको थियो ।
सो लगत्तै शिक्षा मन्त्री अशोक राई नेपाल विश्वविद्यालय ऐन टेबल गर्न रोष्टममा पुगेका थिए । रास्वपाले रोष्टम घेर्न थालेपछि सभामुखले उनलाई विधेयक टेबल गर्नै नदिइ रोष्टमबाट फर्काएका थिए । योसँगै संसद वैठक १५ मिनेटका लागि स्थगित भएको छ ।



