काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पक्राउ परेका १७ आरोपितलाई प्रहरीले म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत लगेको थियो । सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा ३ जनालाई कागज गराएर रिहा गरेको छ ।
अहिलेसम्म पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, शाखा अधिकृत धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देव नारायण महर्जन, लोकहरी घिमिरे रहेका छन् ।
त्यस्तै, ध्रुबप्रसाद अर्याल, कृष्णबहादुर राउत, योगराज पौडेल, नारायणदास मिश्र, रुद्रप्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र विनोद पौडेल रहेका छन् ।



