काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मुल्यसुची पठाएको छ । सो मुल्यसुची अनुसार पेट्रोलको मुल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।
आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।