काठमाडौं । प्राइम कमर्शियल बैंकले ब्याजदर बढाएको छ । नेपाल बैंकर्स संघले ब्याजदरमा गर्दै आएको कार्टेलिङ हटाएसँगै प्राइम बैंकले ब्याजदर बढाएको हो । अब प्राइम बैंकको ३ महिने वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याज पाइनेछ ।
साउन १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरिएको तालिकामा रेमिट्यान्स मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ । यसअघि बैंकहरुले मुद्दती खातामा ९.९९ प्रतिशतसम्म व्याज दिँदै आएका थिए ।
अधिक तरलताको अवस्थाबाट अर्थतन्त्र गुज्रिरहेको अवस्थामा यसपटक केही बैंकहरुले ब्याजदर घटाएका छन् । अधिकांशले स्थिर राख्दा प्राइम कमर्शियल बैंकले भने ब्याजदर बढाएको हो ।