images
images

मियो सेक्युरिटिजले शुरू गर्यो शेयर कारोबार


  • 361
    SHARES
  • २०८० आषाढ ३० गते शनिबार

    मियो सेक्युरिटिजले शुरू गर्यो शेयर कारोबार

    काठमाडौं । मियो सेक्युरिटीज प्रा लि ले शेयर खरिद बिक्री कारोबार शुरू गरेको छ । ब्रोकर नम्बर ६६ रहेको यो कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्विकृती पाएको थियो।  

    शेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेको फ्लोर सिटमा मियो सेक्युरिटीज, ब्रोकर नम्बर ६६ देखिन थालेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते  ब्रोकर नम्बर ६६ रहेको प्रमाणपत्र  प्राप्त गरेको हो । मियो सेक्युरिटीजको हाल काठमाडौं १ हात्तीसारमा कार्यालय रहेको कंपनीका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले बताएका छन ।

    ब्रोकरेज कारोबार शुभारम्भसँगैं लगानीकर्ताहरूलाइ स्मार्ट सर्भिस प्रदान गर्दै सेयरबजारलाई थप सुदृढ, विश्वसनीय  बनाउदैं बिश्वासिलो धितोपत्र ब्रोक्रर कम्पनीका रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको प्रमुख कार्यकारी अधिकृत मल्लले बताएका छन ।

    उनले शेयर खरिद बिक्री कारोबार ब्रोकर नम्बर ६६ बाट गरेर सेवा गर्ने अवसर दिनुहुन ग्राहकवर्गमा अनुरोध समेत गरेका छन ।
    मियो सेक्युरिटीजको संचालकमा कैलाश खत्री, बिरोचन खनाल र सन्दिप दाहाल छन । कंपनीमा चाटर्ड एकाउन्टेण्ट, बैकर लगायत बिभिन्न पेशा ब्यवसायमा संलग्न ७८ जना लगानीकर्ताहरूको लगानी रहेको बताइएको छ ।


    images
    images

    Logo