images
images

मलेसियाको म्याक्स मनि माथि राष्ट्र बैंकले लगायो प्रतिबन्ध


  • 295
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    मलेसियाको म्याक्स मनि माथि राष्ट्र बैंकले लगायो प्रतिबन्ध

    काठमाडौं । मलेसियाको म्याक्स मनि माथि नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । कम्पनीले विप्रेषण कारोवार बापतको रकम नेपाली इजाजतप्राप्त संस्थालाई भुक्तानी नगरेको भन्दै राष्ट्र बैंले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । 

    पहिले पनि प्रतिबन्ध लगाइएको तर प्रतिबन्ध फुकुवा गर्दा, फेरि पनि शर्तहरु पालना नगरेका कारण राष्ट्र बैंकले म्याक्स मनि सँगको कारोवारमाथि प्रतिबन्ध लगाएको हो । उक्त प्रतिबन्ध फुकुवा नभएसम्म म्याक्समनि कम्पनीसँग बक्यौता भुक्तानी लिने बाहेकका अन्य कुनै कारोवार नगर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतप्राप्त कम्पनी र सरोकारवाला निकायहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । 

    साथै, उक्त म्याक्स मनि कम्पनीले नेपालीहरुसँग रकम संकलन गरि मल्टी–कोरिडोर मार्फत् अन्य तेस्रो पक्षसँग मिलेर पठाएको रकमसमेत स्वीकार नगर्ने वातावरण बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।


    images
    images

    Logo