काठमाडौं । भुटानी शरणार्थी प्रकरणका अर्का एक फरार अभियुक्त पक्राउ परेका छन् । ठगी कार्यमा संलग्न रहेका भनिएका असनका केशव तुलाधरलाई प्रहरीले काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो ।
उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।