काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै ३ पदको लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले अस्सिटेन्ट म्यानेजरका लागि केही, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर र सिनियर मार्केटिङ अफिसरका लागि केही, ट्रेनी डेभलपमेन्ट अफिसरका लागि केही, डेपुटी डेभलपमेन्ट अफिसर र डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुका लागि न्युनतम प्लस टु तहदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको रोजगारमा आवेदन दिनको लागि ड्राईभिङ लाइसेन्स अनिवार्य भएको हुनुपर्ने समेत जनाएको छ । कम्तिमा २ देखि ४ वर्षको कार्यअनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १० गते आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।




