images
images

छानबिन समिति बनाएर मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने


  • 338
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    छानबिन समिति बनाएर मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने

    काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित एक कार्यक्रमका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् ।

    मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ । किरातीँले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर उक्त हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

    ‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो,’ उनले भने, ‘हामी छलफल बहसमा नै छौं, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौं । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौं, भोलिसम्ममा गठन हुन्छ’, उनले भने ।


    images
    images

    Logo