काठमाडौं । नक्कली प्रमाणपत्रको भरमा जागिर खाएका शिक्षकविरुद्द मुद्दा परेको छ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र देखाएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको शिक्षा सदन माविमा कार्यरत शिक्षक रामचन्द्र मण्डल विरुद्ध मुद्दा दायर गरेको हो ।
भारतको बोधगया स्थित मगध विश्वविद्यालयबाट बीएससी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएको प्रमाणित भएपछि उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।