काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेका छन् ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुलाई यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।