काठमाडौं । २ लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । असार ३१ गतेदेखि नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको शेयर कारोबार १५ दिनका लागि रोक्का हुने भएको हो ।
यी दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरी असार ३१ गतेदेखि विजय लघुवित्तको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेका छन् । एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।
३१ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि १५ दिन लागि दुवै कम्पनीको शेयर कारोबार बन्द गर्न लागेको नेप्सेले जनाएको छ ।