images
images

ग्रामीण सडक स्तरोन्नतिका लागि एडीबीले दियाे १३ अर्ब १० करोड


  • 393
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    ग्रामीण सडक स्तरोन्नतिका लागि एडीबीले दियाे १३ अर्ब १० करोड

    काठमाडौं । ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नतिका लागि एशियाली विकाश बैंक (एडीबी) ले  नेपाललाई १० करोड अमेरिकी डलर (आजको विनीमय अनुसार १३ अर्ब २० करोड रुपैयाँ) ऋण दिने भएको छ । सडक स्तरोन्नति र ग्रामीण समुदायको पहुँच अभिवृद्धि गर्न चलिरहेको ग्रामीण सम्पर्क सुधार परियोजनाको लागि उक्त रकम बराबरको थप सहुलियत ऋण स्वीकृत गरेको हो । 

    ‘नेपाल एक भूपरिवेष्ठित देश भएकाले ग्रामीण क्षेत्रको जीवनस्तर सुधार गर्न र आर्थिक वृद्धिका लागि ग्रामीण सडकलाई स्तरोन्नति गरि कोर सडक सञ्जालमा जोड्नु आवश्यक छ,’ दक्षिण एसियाका लागि एडीबीका प्रमुख ग्रामीण विकास विशेषज्ञ एन्ड्रयु ब्रुबेकरले भने । ‘यस परियोजनाले ग्रामीण क्षेत्रहरूमा यातायात दक्षता सुधार गर्न मद्दत गरिरहेको छ र ग्रामीण क्षेत्रको रूपान्तरणको लागि उत्प्रेरक भूमिका खेल्छ ।’

    डिसेम्बर २०१७ मा स्वीकृत भइ सुचारु गरिएको उक्त परियोजनाले कृषि र कृषि व्यवसायको विकासलाई बढावा दिन ग्रामीण सडक स्तरोन्नति गरिरहेको छ । यसले कृषिमा आश्रित ५ प्रदेशका १६ जिल्लाका करिब ७५ लाख जनताको सडक पहुँचमा सुधार गर्दै आएको छ ।

    थप रकमले अरु ३२४ किलोमिटर सडकको स्तरोन्नति गर्ने एडीबीले जनाएको छ । 


    images
    images

    Logo