images
images

पूर्व–पश्चिम राजमार्ग बिस्तारलाई ३१ अर्ब रुपैयाँ विनियोजन


  • 297
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    पूर्व–पश्चिम राजमार्ग बिस्तारलाई ३१ अर्ब रुपैयाँ विनियोजन

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताएका छन् ।
     
    अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरिने उल्लेख गरेका छन् । 

    कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया-नारायणगढ र लमही–भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ । 

    यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उनले बताएका छन्। पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा महतले जानकारी दिए ।
     
    नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ ।


    images
    images

    Logo