images
images

नेपालबाट ४० मेगावाट बिजुली लैजान बंगलादेश सहमत


  • 353
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    नेपालबाट ४० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

    काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने सहमति भएको छ । सोमबार र मंगलबार बसेको नेपाल(बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बिजुली बंगलादेश लैजानका लागि  नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने निर्णय पनि भएको छ ।

    साथै नेपाल(बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । आयोजना निर्माणका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको छ ।

    त्यस्तै, दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ ।

    urja.webp


    images
    images

    Logo