images
images

सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय


  • 440
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय

    जनकपुर । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

    भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले  निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले  सरकारले जरिवाना छुट दिएको स्पष्ट पारे।


    images
    images

    Logo