images
images

नेपालको जीडीपी ४.१ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, ७.४ प्रतिशतले महङ्गी बढ्ने


  • 399
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    नेपालको जीडीपी ४.१ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, ७.४ प्रतिशतले महङ्गी बढ्ने

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । मंगलबार रिपोर्ट सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपणबारे जानकारी दिएको हो । २०२४ मा भने सो दर बढेर ५ प्रतिशत पुग्ने पूर्वानुमान एडीबीको छ । 

    मुद्रास्फीति २०२३ मा ७.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । सो दर २०२४ मा भने घटेर ६.२ प्रतिशत रहने रिपोर्टमा जनाइएको छ । 

    उक्त रिपोर्ट अनुसार एशियाको जीडिपी २०२३ र २०२४ मा नै ४.८ प्रतिशतले बढ्नेछ ।  मुद्रास्फीति भने २०२३ मा ४.२ प्रतिशत र २०२४ मा ३.३ प्रतिशत रहने जनाइएको छ । 

    २०२२ मा एडीबीले नेपालको जीडीपी ५.८ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपणको तुलनामा २०२३ को जीडीपी वृद्धिदर १.७ प्रतिशत विन्दुले कम रहनेछ । मुद्रास्फीतिको दर भने २०२२ मा प्रक्षेपण गरिएको ६.३ प्रतिशत भन्दा पनि बढी रहने एडीबीले जनाएको छ । 


    images
    images

    Logo