images
images

निषेधाज्ञामा पनि पेट्रोल पम्पहरू खुल्ने


  • 752
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    निषेधाज्ञामा पनि पेट्रोल पम्पहरू खुल्ने

    काठमाडौं । निषेधाज्ञाको समयमा पनि सबै पेट्रोल पम्प तथा पेटरेलियम पदार्थका डिपोहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणलाई अत्यावश्यक सेवामा राखिएको भन्दै निषेधाज्ञाको समयमा पनि यसलाई खुला राख्ने जनाएको हो । 

    ‘हाम्रो क्षेत्र अत्यावश्यक क्षेत्र हो । सरकारले र स्थानीय प्रशासनले पनि यसलाई अत्यावश्यक सेवामा वर्गीकरण गरिसकेको छ,’ आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘हामीले सेवा सुचारु गर्न सबैलाई भनिसकेका छौं ।’

    बिहीबारदेखि निषेधाज्ञा घोषणा गर्ने भएपछि बुधबार काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा पेट्रोल भर्नेको लाइन लागेको थियो । तर, सेवा निरन्तर रहने भन्दै निगमले नआत्तिन सर्वसाधारणलाई आश्वस्त बनाएको हो ।  

     


    images
    images

    Logo