images
images

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही १ लाख दिने


  • 591
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही १ लाख दिने

    काठमाडौं ।  बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । 

    क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । 

    क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।


    images
    images

    Logo