images
images

२५ कम्पनी परे १ देखि ३ वर्षका लागि खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?


  • 572
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    २५ कम्पनी परे १ देखि ३ वर्षका लागि खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले सोमवार सूचना जारी गर्दै विभिन्न २५ कम्पनीलाई एक वर्षदेखि ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको हो।

    ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । 

    कार्यालयका अनुसार विकास निमार्ण सेवा रामनगर, विकास निमार्ण सेवा रामनगर, विजनेश नेपाल कन्सल्टेन्सी प्राली, राष्ट्र सेवा निर्माण सेवालाई ३ वर्षका लागि कालोसूचीमा परेका छन्। भने त्यसैगरी खरिद अनुगमन कार्यालयले १ कम्पनीलाई २ ६ महिना ५ कम्पनीलाई १ वर्ष ६ महिना र अन्य लाई १ वर्षको लागि कालोसूचीमा राखेको छ । 

    कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् । 

    bl.JPG

    blc.JPG


    images
    images

    Logo