काठमाडौं । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा तोकेको छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई पारिश्रमिकदेखि आवास, सवारी साधन, सञ्चार, पोशाक तथा बीमा सुविधा सम्म तोकेको छ ।
राष्ट्रपति र उपराष्ट्रपति को पारिश्रमिक सविधा सम्बन्धी ऐन, २०७४ ले व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रपतिले पारिश्रमिकको रुपमा प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ, पोशाक सुविधा २५ हजार रुपैयाँ, स्वदेश भम्रण गर्दा पाउने दैनिक भत्ता ३ हजार ३ सय रुपैयाँ, विदेशी भम्रण गर्दा पाउने दैनिक भत्ता २ सय ५० डलर र बीमा बापत २५ लाख रुपौयँ पाउने भएका छन् ।
त्यस्तै, उपराष्ट्रपतिले पारिश्रमिकको रुपमा प्रतिमहिना १ लाख ८ हजार ३० रुपैयाँ, पोशाक सुविधा २० हजार रुपैयाँ, स्वदेश भम्रण गर्दा पाउने दैनिक भत्ता ३ हजार ३ सय रुपैयाँ, विदेशी भम्रण गर्दा पाउने दैनिक भत्ता २ सय ५० डलर र बीमा बापत २५ लाख रुपौयँ पाउने भएका छन् ।
युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।
राष्ट्रपति र उपराष्ट्रपति लाई अतिथि सत्कार अनि भइपरि खर्चको सुविधा पनि दिइएको छ। यो कानुन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरि खर्चबापत दिइने उल्लेख छ।
जसमा राष्ट्रपतिको निजी सचिवालयका लागि १९ जना कर्मचारी पाउने भएका छन् भने उपराष्ट्रपति निजी सचिवालय लागि १३ जना कर्मचारी पाउने भएका छन् ।



