images
images

श्री एयरलाइन्सका जहाज उडाउनमा प्रतिबन्ध, यस्तो छ कारण


  • 532
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    श्री एयरलाइन्सका जहाज उडाउनमा प्रतिबन्ध, यस्तो छ कारण

    काठमाडौं । इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको सबै उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि सबै उडानमा रोक लगाएको हो।

    श्री एयरलाइन्सका सबै जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने गरि रोक लगाइएको क्यानले जनाएको छ । श्री एयरलाइन्सका जहाज सुरक्षा जाँचमा उडान भर्न योग्य प्रमाणित भएपछि क्यानले उडान अनुमति दिने बताइएको छ । 

    बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको  इन्जिनमा आगो लागेको संकेत देखिएपछि जहाज पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो । सो निर्णयसंगै श्री एयरलाइन्सका सबै आठवटा जहाज ग्राउन्डेड हुनेछन् ।

    जहाजको प्राविधिक र मेकानिकल परीक्षण गरेपछि उडान योग्य भए अनुमति दिने र नदेखिए नदिने प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo