काठमाडौं । निजी डेरीहरुले दुग्ध पदार्थको उपभोक्ता मूल्य निर्धारण गरेका छन् । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका हुन् ।
नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । यो सँगै निजी डेरीहरुले पनी दुग्धजन्य पदार्थको मूल्य बढाएका हुन् ।
मूल्यवृद्धि सँगै अब प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १ सय रुपैयाँ पुगेको छ । त्यस्तै, दहीको मूल्य एक लिटको १ सय ९० रुपैयाँ पुगेको छ ।
पनिरको मूल्य प्रति ८ सय ४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।