images
images

नेपालकाे तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 


  • 468
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    नेपालकाे तेस्रो  राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 

    काठमाडौं ।  नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

    बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् ।

    अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाए । उनले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका छन् । 

    संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए ।राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।  चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

    संघ तर्फका राप्रपाका १४ जना सांसद मतदानमा उपस्थित भएनन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यस्तै बिरामि परेका कारण माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी अनुपस्थित रहे । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

     

     


    images
    images

    Logo