images
images

आसिफ र सन्दिप चम्किँदा पीएनजीमाथि नेपालको सहज जित


  • 356
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    आसिफ र सन्दिप चम्किँदा पीएनजीमाथि नेपालको सहज जित

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको अन्तिम शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्दै बिश्वकप छनौटको सम्भावना कायम राखेको हो ।

     २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी २ सय ४५ रनमा समेटिएपछि  नेपालले ५२ रनको जित हात पारेको हो । नेपालको जितमा ब्याटिङमा आसिफ सेख र बलिङमा सन्दिप लामिछाने चम्किएका थिए । आरिफले  १ सय १० रन बनाए भने लामिछानेले ४ विकेट लिए ।

    पिएनजीका नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको १ सय १० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर कृतिमानी २ सय ९७ रन बनाएको थियो । ओडीआई क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर हो ।

     


    images
    images

    Logo