काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन् । यसरी घुससहित पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहीबार शिक्षा अधिकृत पौडेललाई १ लाख घूससहित पक्राउ गरेको हो। उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो ।योपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।