images
images

१ हजार २६ को मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण


  • 555
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    १ हजार २६ को मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण

    काठमाडौं । विश्व मिर्गौला दिवस बिबिध कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार विश्वभर मनाइने यो दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको हो । 

    दिवसका अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बनधी जनचेतना बढाउनुपर्ने बताए । महर्जनले भने, “राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवन शैली अपनाइ समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ ।”

    दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा  मिर्गौला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

     

    335034211_918980832582513_2559517107806066747_n.jpg

    स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्तरूपमा मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएका छन् ।    
      
    चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने गर्दछ । केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने बताए। 

    श्रेष्ठले थपे, “अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ ।” प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेको श्रेष्ठको भनाइ छ।  

    केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठका अनुसार, स्थापनाको १० वर्षमा केन्द्रले १ हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र ९ जनाको सफल कलेजो प्रत्यारोपण गरेको छ । अङ्गदान शिविरबाट ५ जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको केन्द्रले जनाएको छ ।
      
    यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा  अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार, समाजसेवीको उपस्थिती थियो ।

    National transplantation center.jpg


    images
    images

    Logo