काठमाडौं । नेपाल विरुद्ध पीएनजी (पपुआ न्यूगिनी) ले आक्रमक ब्याटिङ सुरु गरेको छ । खेल जित्नका लागि २९८ रनको लक्ष्य पाएको पीएनजीले १ विकेटमा ७७ रन लिन सफल भएको छ ।
पहिलो ओभरमा नै ४ रन लिएको पीएनजीले १४औं ओभर सम्ममा पुग्दा ९० रन लिएको छ । १० औं ओभरमा छक्का र अन्यमा १२ पटक चौका प्रहार गरेको पीएनजीलाई जित्न अझै २९४ रनको आवश्यकता छ ।
अहिले भने नेपालले ३ विकेट लिइसकेको छ । कुशल मल्ल, दिपेन्द्रसिंह एेरी र सन्दिप लामिछानेले १/१ विकेट लिएका हुन् ।