images
images

राष्ट्रपति निर्वाचनमा रास्वपाको समर्थन रामचन्द्र पौडेललाई


  • 251
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    राष्ट्रपति निर्वाचनमा रास्वपाको समर्थन रामचन्द्र पौडेललाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ । 

    पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो । पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिएका हुन् । 

    मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”

    पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले भने, “बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार हाम्रा सांसदहरु मतदान गर्दै हुनुहुन्छ । आचारसंहिता लागू भएका कारण कसलाई मतदान गर्दैछौँ भन्न सक्दैनौँ ।”


    images
    images

    Logo