काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६ सय ९४ मतदान भएको छ ।
निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ २ सय ८५ र प्रदेशसभातर्फका ४ सय ९ सदस्यले मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।