images
images

ओडीआई क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, पीएनजीलाई २९८ रनको लक्ष्य


  • 236
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    ओडीआई क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, पीएनजीलाई २९८ रनको लक्ष्य

    काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले  हालसम्मकै उच्च स्कोर  बनाएर किर्तिमान बनाएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रनको उच्च स्कोर बनाएको हो ।

    नेपालको कीर्तिमानी स्कोर बनाउन शुरूवाती ब्याटिङ गरेका आसिफ शेखले शतकीय पारी खेले । शेखको यो पहिलो शतक हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ५ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ९७ रनको योगफल तयार पार्यो । 

    यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

    आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए । जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्।


    images
    images

    Logo